अफगानिस्तानको हेल्मन्डमा आठ विद्रोही मारिए



लस्कर गह : अफगानिस्तानको दक्षिणी हेल्मन्ड प्रान्तमा सेनाले गरेको कारबाहीमा कम्तीमा आठ जना तालिबान विद्रोहीको ज्यान गएको सेनाले जनाएको छ ।

हेल्मन्ड प्रान्तको नहर–ए–सराज जिल्लामा विद्रोहीहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सोमबार राति सेनाले कारबाही गरेको थियो । सेनाको हवाई कारबाहीमा आठ लडाकूको घटनास्थलमै मृत्यु भएको थियो ।

सेनाले देशभित्र सशस्त्र विद्रोही समूह देखे जुनसुकै बखत कारबाही गर्ने जनाएको छ । हेल्मन्ड प्रान्तमा सक्रिय रहेको तालिबान समूहले भने कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रतिक्रिया दिनुहोस्