पूर्वसांसद रानाभाटको देवघाटमा अन्त्येष्टि



चितवन : पूर्वसांसद एकनाथ रानाभाटको पवित्र तीर्थस्थल देवघाटमा आज अन्त्येष्टि गरिएको छ । उनको उपचारका क्रममा सोमबार ६६ वर्षका उमेरमा निधन भएको थियो ।

रत्ननगर नगरपालिका–१४ पिठुवा निवासी उनको उच्च रक्तचापका कारण मष्तिष्काघात भएपछि गत माघ २६ गते चितवन मेडिकल कलेज भर्ना भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । उनको अन्त्येष्टिमा देवघाटमा नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला, पूर्वउपप्रधान एवं गृहमन्त्री कृष्णप्रसाद सिटौलालगायत कांग्रेसका नेता तथा कार्यकर्ता, नेपाल कम्युनिष्ट पार्टी, राप्रपालगायतका पार्टीका जिल्लाका विभिन्न तह र तप्काका नेता एवं निवर्तमान सांसदको उपस्थिति रहेको थियो ।

अन्त्येष्टि पूर्व रानाभाटको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो । उनी २०५६ सालमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । विसं २००९ साल कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मिनुएका उनी कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोर्डका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा कार्य गरेका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति, २०७७ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिका लागि नेपाली आवासीय राजदूतमा डा.निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरेकी

काठमाडौं : निर्वाचन आयोगले आगामी निर्वाचनमा मतदान केन्द्रमा प्रयोग हुने विभिन्न सामग्री खरीदका लागि बोलपत्र

बारा : पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढ़मा दुर्घटनामा परेर छट्पटाई रहेका स्थानीय एक नागरिकलाई प्रदेश २

काठमाडौँ । प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले मंगलबारका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ । सोमबारसम्म

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रम र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका बारेमा छलफल गर्न प्रधानमन्त्री केपी

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सरकारमा पुग्नासाथ अहिलेका शीर्ष नेताहरु केपी शर्मा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह भारत भ्रमणमा जाने मिति तय भएको छ । उनी परिवार

परासीः स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले आगामी चुनावमा आफ्नै दल गठन गरेर उम्मेदवारी दिने घोषणा गरेका छन्

काठमाडौं । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वारेस राख्न अनुमति दिएको छ

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका नेता धर्मेन्द्र बास्तोला सर्वोच्च अदालतको गेटबाटै पुनः पक्राउ परेका

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको दुई तिन दिनमै सर्वोच्च अदालतले प्रतिनिधि सभा बिघटन