
काठमाडौँ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विरोधमा राजधानीमा नेकपाका प्रचण्ड–नेपाल निकट आदिवासी जनजाति महासंघले प्रदर्शन गरेको छ । ओली सरकारको असंवैधानिक र प्रतिगामी कदमकोविरुद्ध सो समूह निकट अखिल नेपाल महिला संघ, मधेसी राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक मधेसी संगठन, थारू राष्ट्रिय मुक्तिमोर्चा नेपाल, नेपाल लोकतान्त्रिक थारु संघ र मुस्लिम संगठन नेपालले संयुक्तरुपमा मंगलबार प्रदर्शन गरेका हुन् । शान्ति बाटिकाबाट सुरु भएको प्रदर्शन भोटाहिटी, असन, इन्द्रचोक हुँदै बसन्तपुरमा कोण सभामा परिणत भएको थियो ।
