प्रधानमन्त्री ओलीले मनाए ७०औं जन्मदिन



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आफ्नो ७० औं जन्मदिन मनाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा परिवारका सीमित सदस्यहरुका साथमा प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाएका हुन् ।

ओलीको जन्मदिनको कार्यक्रममा बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्