संसद पुनःस्थापना भए आकाश खस्दैन : मन्त्री रायमाझी



काठमाडौं । नेकपा ओली पक्षका नेता तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले ९९.९ प्रतिशत प्रतिनिधि सभा पुनःस्थापना नहुने दावी गरेका छन् ।
मंगलबार ओली निकट युवा संघ केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले प्वाइन्ट एक प्रतिशतले प्रतिनिधि सभा पुनःस्थापना भएपनि आकाश भने नखस्ने बताए ।
‘९९.९ प्रतिशत पुनःस्थापना हुँदैन । यदि प्वाइन्ट १ प्रतिशतले पुनःस्थापना नै भएपनि के आकाश खस्छ ? पृथ्वी भासिन्छ ?’, रायमाझीको प्रश्न छ ।
उनले प्रतिनिधि सभा पुनःस्थापना भएपनि माधव–प्रचण्डमात्रै नभइ सांसद टोपबहादुर र महेश बस्नेत पनि सांसद हुने बताए । उनले यदि प्रतिनिधि सभा पुनःस्थापना नै भएपनि फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्