प्रधानमन्त्री ओलीले मनाए ७०औं जन्मदिन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ७०औं जन्मदिन परिवारसँग मनाएका छन् । बालुवाटारमा उनका परिवारका सदस्य र आफन्त पुगेर जन्मदिनको शुभकामना दिए ।
ओलीले पिता मोहनप्रसाद ओलीबाट टीका र आशिर्वाद लिए । ससुराली तर्फबाट आफन्तबाट सगुन लिए । नेवार समुदायकी राधिका शाक्यसँग विवाह गरेका ओलीलाई ससुरालीतर्फका आफन्तले सगुनका रुपमा अण्डा, माछा र स्थानीय रक्सी समेत लगेका थिए ।

ओलीको जन्मदिनको कार्यक्रममा उनका बुवा मोहनप्रसाद ओली, पत्नी राधिका शाक्यलगायत केही आफन्त उपस्थित भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुममा जन्मिएका हुन् । गत वर्ष ओलीले ६९ औं जन्मदिन जन्मघर तेह्रथुममा मनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्