न्यायालयले आफ्नो गरिमा उचो राख्यो : योगेश भट्टराई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी पुष्पकमल दाहाल (प्रचण्ड)–माधवकुमार नेपाल समूहका नेता तथा पूर्वमन्त्री योगेश भट्टाराईले संसद पुनःस्थापनाको फैसला गरेर सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमा उचो राखेको बताएका छन् ।
नेता भट्टराईले ट्वीट गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको निर्णय उल्ट्याउने सर्वोच्च अदालतको फैसलालले जनता र लोकतन्त्रको जित भएको प्रतिक्रिया दिएका छन् । ट्वीटरमा भट्टराईले लेखेका छन्,‘सर्वोच्च अदालतले स्वतन्त्र न्यायालय र आफ्नो गरिमालाई उचा गरेको छ ।
मुलुक, लोकतन्त्र र व्यवस्थाको रक्षा गरेर तीन करोड नेपालीको सम्मान प्राप्त गरेको छ । सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीश ज्यूहरुप्रति हार्दिक धन्यबाद तथा आभार व्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’

प्रतिक्रिया दिनुहोस्