ओलीको विकल्प देउवा, प्रचण्ड होइनन्- अध्यक्ष मिश्र



काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प नेपाली कंग्रेसका सभापति शेर बहादुर देउवा, नेकपाका अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) हुन नसक्ने बताएका छन् ।

सर्वोच्चकोे संसद पुनःस्थापनाको निर्णयपछि आफ्नो धारणा व्यक्त गर्दै मिश्रले लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएपनि नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त नभएको बताएका हुन् ।

उनी भन्छन्– ‘जे हुनु पर्थ्यो, त्यो भयो। सर्वोच्चको आजको फैसलाले दूरगामी ऐतिहासिक महत्व राख्नेछ। लोकतन्त्र र संविधानवादको चीरहरण गरेर लोकतान्त्रिक माध्यमबाटै तानाशाह बन्ने ओलीको प्रयास विफल भएको छ। तर नेपाली राजनीतिमा ओली प्रवृत्ति समाप्त भएको छैन। ओलीको विकल्प देउवा, प्रचण्ड हुन सक्दैनन्।’

प्रतिक्रिया दिनुहोस्