सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गर्‍यो : देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् ।
मंगलबार साँझ ट्वीट गर्दै देउवाले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताए ।
उनले आफूले सुरूदेखि नै सर्वोच्च अदालतलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको बताए ।
‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ । मैले सुरुदेखिनै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ । सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ । कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,’ देउवाले लेखेका छन्,‘संविधान कार्यान्वयनका क्रममा देखिने विवादहरू समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्