स्वच्छाचारी तानाशाही कदमको अन्त्य भयो- नेतृ झाँक्री



काठमाडौं– असंबैधानिक कदम सच्चाउन, लोकतन्त्र र संविधानको रक्षाका लागि संसद पुनर्स्थापना अनिवाय रहेको नेपाल कम्यूनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् ।

संसद पुनर्स्थापनाले स्वच्छाचारी तानाशाही कदमको अन्त्य सँगै समग्र जनताको सम्मान गरेको उनको भनाई छ ।

उनी भन्छिन्– ‘असंवैधानिक प्रतिगामी कदम विरूद्ध सडकमा आउनुहुने सम्पूर्ण न्यायप्रेमी जनसमुदाय बिभिन्न राजनीतिक दल, हाम्रो पार्टी सदस्य समर्थक शुभेच्छुक सबै प्रति हार्दिक आभार प्रकट गर्दछु ।’

‘विधायकी मनसाय, संबिधानको अक्षर र भावनको सहि ब्याख्या गर्ने न्यायालय, संबैधानिक ईजलासका सम्माननीय प्रधानन्यायाधीश सहित माननीय न्यायधिश ज्यूहरू प्रति हार्दिक धन्यवाद’ –उनी भन्छिन् ।

संसद पुनर्स्थापना समग्रमा जनताको जित भएको उनको भनाई छ । उनी भन्छिन्– ‘कानुनी राज्य र लोकतन्त्रको जित हो। सबैमा हार्दिक बधाई!’

प्रतिक्रिया दिनुहोस्