‘नयाँ गोल हान्ने चान्स प्रधानमन्त्री कै हो’- नेता बस्नेत



काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी नेकपाका नेता महेश बस्नेतले सर्बोच्च अदालतले अनपेक्षित फैसला गरेको भएपनि सम्मान गर्ने बताएका छन् ।

संसद पुनःस्थापनाको निर्णय भएपछि उनले ०५२ सालको घटनाको स्मरण गर्दै राजनीति एक दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको बताएका छन् ।

उनी भन्छन्– ‘सर्बोच्च अदालतको अनपेक्षित फैसलाको सम्मान गर्दछु। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ ।’

उनले अझै पनि नेपालको राजनीति प्रधानमन्त्री केपी शर्मा ओलीको वरीपरि घुमिरहेको बताएका छन् ।

‘एक गोल पोलमा लागेर फर्केको छ । नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस्’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्