नेपाल र भारतका आइसिटी कम्पनीहरूबीच सम्झौता



काठमाडौं । नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीको पहलमा नेपाल र भारतका आइसिटी कम्पनीहरुबीच सहकार्य गर्ने सम्झौता भएको छ ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रमबीच आइसिटी डोमेनमा प्रशिक्षण र विकासका लागि नेपाल र भारतका चार कम्पनीहरुबीच सम्झौता भएको हो ।
नेपालका आइडिया कन्सल्टिङ् प्रालि, काठमाडौं इन्स्टिच्युट अफ टेक्नोलोजिज प्रालि, टिम भर्टेक्स बिजनेस सर्भिस नेपाल र भारतको भर्टेक्स ग्लोबल सर्भिसबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
हस्ताक्षर कार्यक्रममा नेपाल भारत चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष सृजना राणाले भारत र नेपालको आइसिटी कम्पनीहरुलाई कसरी सँगसँगै अगाडि बढाउन सकिन्छ र भारतको प्रविधि नेपालमा ल्याई आइसिटी क्षेत्रको विकास गर्ने उद्देश्यले सम्झौता गरिएको बताइन् ।
कार्यक्रममा विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई आइसिटी उद्योगहरूमा कसरी आबद्ध गराउन सकिन्छ भन्ने सम्बन्धमा समेत छलफल भएको पनि अध्यक्ष राणाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्