आफ्ना सांसदहरुलाई उपत्यका नछाड्न नेकपा दाहाल–नेपाल पक्षको निर्देशन



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले उपत्यका बाहिरका सांसदहरुदलाई तत्कालै काठमाडौं आउन तथा काठमाडौँमा भएका सांसदहरुदलाई जानकारीबिना उपत्यका बाहिर नजान निर्देशन दिएको छ ।
उक्त समूहको संसदीय दलको बैठकले उपत्यका बाहिर रहेका सांसदहरुलाई तत्काल बोलाउने र काठमाडौँ उपत्यकामा भएका सांसदलाई जानकारी बिना बाहिर जान नदिने निर्देशन दिएको छ ।
दाहाल–नेपाल समूहको संसदीय दलको बैठकले १३ दिनभित्रै संसद बैठक बस्नुपर्ने भएकाले यस्तो निर्देशन दिएको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने र अन्य दलहरुसंग सहकार्य गरेर जाने बारेमा पनि छलफल छ । बैठकले प्रतिनिधिसभा विघटनको विरुद्दमा आन्दोलनका क्रममा साथ दिने सबै पक्षलाई र सर्वोच्च अदालतले गरेको फैसला प्रति धन्यवाद ज्ञापन गरेको नेकपा प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्