छोरो नजन्मिकन कन्दनी बाट्ने त कुरा भएन नि : काँग्रेस नेता पौडेल



काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफैले भन्दै भंग गरेको संसदमा प्रधानमन्त्री केपी ओली कसरी जान्छन् भनी प्रश्न गरेका छन् ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता पौडेलले सर्वोच्च अदालतले देशलाई र संसदीय प्रणालीलाई ठूलो संकटबाट बचाएको पनि बताए ।
संसदीय प्रक्रिया सुरु नभएकाले नेपाली कांग्रेसले गर्ने भूमिका अहिले केही पनि नभएको उनको भनाइ थियो ।
नेकपाको प्रचण्ड–माधव समूहले कांग्रेससँगको सहकार्य खोजेका छन् नि भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रक्रिया अगाडि नबढेसम्म कांग्रेसले केही गर्दैन । छोरो नजन्मिकन कन्दनी बाट्ने त कुरा भएन नि ।’

प्रतिक्रिया दिनुहोस्