ओली पक्षीय नेताहरु धमाधम छलफलमा



काठमाडौं । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न आदेश दिएपछि नेकपा आली पक्षमा सांसदहरु धमाधम छलफलमा जुटेटका छन् । छलफलका लागि नेकपा ओली पक्षका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली स्वयं सक्रिय भएका छन् । उनले शुक्रबार प्रदेश १ का आफू निटक सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले पनुस्र्थापना गरेपछि अप्ठेरोमा परेका प्रधानमन्त्री ओलीले सबै प्रदेशका नेता र सांसदसँग छलफल सुरु गरेका हुन् ।
पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापना गरेपछि प्रधानमन्त्रीले प्रदेश १ का आफू निकटका सांसदसँग छलफल र परामर्शमा व्यस्त गरेका हुन् ।
प्रधानमन्त्रीसँगको छलफलमा पछिल्लो राजनीटिक घटनाक्रम, सत्ता समीकरण, पार्टी एकता र राजनीतिक स्थायित्वको विषयमा छलफल भएको हो ।
सांसदहरुसँग करिब एक घण्टासम्म चलेको छलफलमा प्रधानमन्त्री ओलीले अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा दृढ रहेको बताए । ओलीले नेकपा ‘प्रचण्ड–नेपाल’ समूहको रणनीतिका आधारमा कदम चाल्नेसमेत बताएका छन् । ओलीले शनिबार बागमती प्रदेशका सांसदसँग छलफल गर्ने छन् ।
यता, ओली नेतृत्वको नेकपाका सांसदहरुले होटल याक एन्ड यतीमा भेला गरेका छन् । भेलालाई सो समूहले अनौपचारिक छलफल भनेको छ । ओली पक्ष सांसद डा. सूर्य पाठकले केही सांसदबीच अनौपचारिक छलफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्