सरकारले गरे ५२ सिडिओको सरूवा



काठमाडौं । सरकारले ५२ प्रमुख जिल्ला अधिकारीहरु (सिडिओ) सरूवा गरेको छ ।
गृह मन्त्रालयले २५ जना सहसचिव र २७ उपसचिवको सरुवा गरेको हो ।
सुनसरीमा उमेशकुमार ढकालको सरूवा भएको छ । उनी सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी थिए । सुनसरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको सप्तरी सरूवा भएको छ ।
गृहको शान्ति सुरक्षा तथा प्रशासन महाशाखाका थानेश्वर गौतमको कास्की सरूवा भएको छ । ज्ञानप्रसाद ढकालको धादिङ, तुलसीराम सेढाइँको उदयपुर, अरूण पोखरेलको सिन्धुपाल्चोक, तीर्थराज भट्टराईको महोत्तरी, शालिग्राम शर्मा पौडेलको गोरखा सरूवा भएको छ ।
सर्लाहीमा नायणप्रसाद भट्ट र सुरेन्द्र पौडेलको बारा सरूवा भएको छ ।
यसैगरी, उपसचिव ध्रुवबहादुर खड्काको इलाम, बन्दना राईको ओखलढुंगा, लीलाधर अधिकारीको चितवन, झंकनाथ ढकालको अध्यागमन विभाग, उमाकान्त अधिकारीको काठमाडौं प्रशासन कार्यालय सरूवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्