‘बी’ डिभिजन लिग : आज पुलचोक र भगवती तथा बाँसबारी र कुमारी भिड्दै



काठमाडौँ : सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछ । पहिलो खेलमा पुलचोक स्पोर्टस् क्लबसँग श्री भगवती क्लब भिड्दैछ । खेल दिउँसो सवा १२ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ ।

पुलचोक स्पोर्टस् क्लब १ अङ्कसहित तालिकाको पुछारमा रहेको छ भने श्री भगवती क्लब ५ अङ्कसहित १० औँ स्थानमा रहेको छ ।

यस्तै दिउँसो साढे ३ बजे बाँसबारी क्लब र श्री कुमारी क्लबबीचको खेल हुनेछ । बाँसबारी १४ अङ्कसहित लिगको तेस्रो स्थानमा रहेको छ भने श्री कुमारी क्लब ६ अङ्कसहित आठौं स्थानमा रहेको छ ।

हिजो भएको खेलमा सातदोबाटो र मध्यपुर विजयी भएका थिए । सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई ३–२ ले र मध्यपुर युथ एशोसियसनले टुसाल क्लबलाई २–० ले हराएको थियो । लिगमा सातदोबाटो युथ क्लब १९ अङ्कसहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्