इराकमा सरकारविरुद्ध प्रदर्शन : सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु



काठमाडौँ : इराकको नसिरियामा सरकारी फोर्सले चार जना प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको छ । शुक्रबार भएको आन्दोलनका क्रममा सरकारी सुरक्षाकर्मीले गोली चलाउँदा तीन प्रदर्शनकारीको तत्काल घटनास्थलमै मृत्यु भएको थियो भने बाँकी एकको उपचार नपाएर मृत्यु भएको हो।

ती प्रदर्शनकारीहरूले कमजोर सरकारी सेवाविरुद्धको असन्तुष्टि पोख्दै आएका थिए। उनीहरूले २०१९ को अन्त्यमा बेरोजगारी र भ्रष्टाचारविरुद्धमा आन्दोलन गरिरहेका छन्। यसै आन्दोलनलाई कमजोर बनाउन गोली चलाइएको प्रदर्शनकारीहरुले आरोप लगाएका छन्।

‘उनीहरूसँगै रहेका थप ४७ प्रदर्शनकारी गोली लागेको छ । हामीलाई ती घाइतेहरूको उपचार गर्न समस्या परिरहेको छ,’ एक स्वास्थ्यकर्मीलाई उदृध गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

एम्नेस्टी इन्टरनेसनलका अनुसार घाइतेहरुलाई पार्किङ स्थलमा उपचार गरिएको छ र कसै यति डरमा छन् कि उनीहरु अरु कतै सहयोग मागिरहेका थिए। एम्नेस्टीले ट्विटरमा भनेको छ,‘यो अब अन्त हुनुपर्दछ। इराकी सरकार बारम्बार असफल भएको छ जुन दण्डहीनताको साथ प्रदर्शनकारीहरूको हत्या भइरहेको छ। रक्तपात कहिले अन्त हुनेछ?’ -एजेन्सी

प्रतिक्रिया दिनुहोस्