काठमाडौँ : नेकपा ओली पक्षको गण्डकी प्रदेश कमिटीले आज गर्न लागेको सभा स्थगित भएको छ। पोखराको अमरसिंह चौरमा आयोजना हुन लागेको उक्त सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यतालिका थियो ।
तर तयारी नपुगेको भन्दै आजको सभालाई रोकेर पर्सी सारिएको बताइएको छ । पर्सीको सभामा भने प्रधानमन्त्री ओली जाने र प्रदेशस्तरीय कार्यकर्ता भेलामा सम्बोधन गर्ने छन् ।
ओली पक्षले हरेक शनिबार सभा गर्दै आएको छ । यसअघि बुटवल, धनगढी र विराटनगर भएको सभामा उनी उपस्थित भएका थिए ।