काठमाडौँका विभिन्न स्थानमा आज विद्युत आपूर्ति बन्द हुने



काठमाडौँ : काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा आज (शनिबार) विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिरकणले केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत आपूर्ति बन्द गर्न लागिएको जनाएको छ ।

प्राधिकरणले कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने जनाएको छ। जसले गर्दा कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ।

विद्युत जाने क्षेत्रहरु काठमाडौंको बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालयको सबै कार्यालयहरु रहेका छन्। पछिल्लो समय विभिन्न समस्या समाधानका लागि भन्दै विद्युत आपूर्ति बन्द हुने क्रम बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्