पाँच वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुवा पक्राउ



कपिलवस्तु : कपिलवस्तु प्रहरी आफ्नै ५ बर्षिया छोरी बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ ।

फागुन ११ गते घरमा आमा नभएको बेला ५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ का २५ वर्षीय बाबु पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बुवालाई पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार पक्राउ परेका पीडितका बुवाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्