कैलालीमा थरुहट–थारुवान राष्ट्रिय मोर्चाको विषेश राष्ट्रिय सम्मेलन



कैलाली कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा दुई दिने थरुहट/थारुवान राष्ट्रिय मोर्चाको विशेष राष्ट्रिय सम्मेलन सुरु भएको छ।
सम्मेलनको जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले उद्घाटन गरेका छन् । सद्भाव, न्याय र अधिकारका लागि भन्दै थरुहटले युवा दस्तासहित सम्मेलन गरेको हो ।
दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा पूर्व मेचीदेखि पश्चिम महाकालीका थारु समुदायका व्यक्ति, पहिचानवादी राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिसहित ५० हजारको सहभागिता रहको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्