२०५२ सालमा हामी जहाँ थियौं, अहिले पनि त्यहीँ नै छौँ : प्रधानमन्त्रीका सल्लाहकार रिमाल



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओलीले संसदको सामना गर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा नदिने र संसदको सामना गर्ने प्रष्ट पारेका हुन् ।
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि प्रधानमन्त्रीको नैतिकताबारे प्रश्न उठ्दै गर्दा सल्लाहकार रिमालले प्रधानमन्त्री ओलीले राजीनामा नदिने बताए ।
रिमालले लेखेका छन्, ‘सर्वोच्चबाट पुनःस्थापना, प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न ! यी विषयमा– प्रश्न गर्ने र जवाफ दिने हामीहरू २०५२ सालमा जहाँ थियौं र अहिले पनि त्यहीँ नै छौँ । दुई प्रधानमन्त्रीहरू– मनमोहन अधिकारी र केपी शर्मा ओली, राजीनामा गर्ने कि हाउसको सामना गर्ने ? त्यो बेला जे गरेका थियौं÷ भनेका थियौं, त्यसै गर्दा अहिले चा‘हि नहुने किन रहेछ ? !’

प्रतिक्रिया दिनुहोस्