सरकारमा जाने कुरा गर्नु काँग्रेसका लागि बेमौसमी : शेखर कोइराला



विराटनगर ः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताएका छन् ।
‘जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन’, नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘सिंगो पार्टी पङ्ती यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन ।’
डा कोइरालाले नेकपा अझै विभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए । ‘अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिड्न सकिन्न’ उनले भने । डा कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दुःख नदिन सरकारलाई चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्