सुनसरीमा गाेली चल्याे, प्रधानाध्यापककाे हत्या



काठमाडौं : सुनसरीको भुताहामा भारतबाट आएको समूहले गोली प्रहार गरेर स्थानीय प्रधानाध्यापक हजिद कुर्सिद अन्सारीको हत्या गरिएको छ ।

 

सीमा क्षेत्रमा पर्ने क्षेत्रमा भारतबाट मोटरसाइकलमा आएका व्यक्तिको समूहले प्रधानाध्यापकलाई गोली प्रहार गरेको जनाइएको छ । अन्सारीको टाउकोमा गोली प्रहार गरिएको छ ।

 

अन्सारीको हत्या गरेर भारततिर गइरहेका अभियुक्तलाई प्रहरीले सीमा क्षेत्रमा रोक्न खोज्दा उक्त समूहले प्रहरीमाथि पनि गोली प्रहार गरेर फरार भएको छ । भाग्ने क्रममा रहेको उक्त समूहको गोली लागेर प्रहरीसमेत घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्