टाेटनहम हस्टपरविरुद्ध जित निकाल्दै म्यानचेस्टर तालिकाकाे शीर्ष स्थानमा उक्लियाे



एजेन्सी : प्रिमियर लिगकाे उपाधिको दाबेदार मानिएकाे म्यानचेस्टर सिटीले टोटेनहम हस्टपरलाई उसकै घरेलु मैदानमा पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । सिटीले टोटेनहमलाई १–० ले हराएकाे हाे । 

 

अपराजित यात्रालाई कायमै राखेकाे सिटीले १० खेलबाट २६ अंक बनाएकाे छ । उसले १० खेलमा ८ जित र २ बराबरी खेलेको हाे । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुललाई गोल अन्तरले पछि पारेको छ । त्यस्तै २४ अंकसहति चेल्सी लिगको तेस्रो स्थानमा छ ।

 

वेम्वली स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न रियाद महारेजले गरेको गोल नै निर्णायक बन्यो ।

 

महारेजले आफ्नो गोललाई आफ्नो पूर्व क्लब लेस्टर सिटीका मालिक विचाई श्रीबन्दाप्रभालाई समर्पित गरे । प्रभाको आइतबार राति हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उनले मालिक प्रति गोल समर्पण गर्दै विचाई आफ्नो बुवा जस्तै रहेको बताएका छन् ।

 

महारेजेले खेलको छैटौ मिनेटमा रहिम स्ट्रलिङको पासमा किरियद ट्रिपरको कमजोर डिफेन्सको फाइदा उठाउदै गोल गरेका थिए । २३औं मिनेटमा बेन्जामिन मेन्डीले सुन्दर मौका खेर फाल्दा सिटीले अग्रता दोब्बर पार्ने मौका खेर फालेको थियो ।

 

२८औं मिनेटमा डेभिड सिल्भाको प्रहार बारमा लागेर फर्कियो । ५५औं मिनेटमा बर्नाडो सिल्भाले प्रहारलाई टोटेनहमका गोलरक्षक ह्युगो लोरिसले सुन्दर बचाउ गरे ।

 

८०औं मिनेटमा डेल अलिले सुन्दर मौका खेर फाल्दा खेललाई बराबरी गर्नबाट चुक्यो । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी १–० ले विजयी हुन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्