भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना विरुद्धको खोप



काठमाडौँ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सोमवार बिहान नयाँ दिल्लीको एम्स अस्पताल पुगेर मोदीले भारत बायोटेक निर्मित कोभ्याक्सिनको पहिलो डोज लिएका हुन् ।

कोरोना खोप लिएपछि मोदीले सामाजिक सञ्जालमा आफ्नो फोटो सेयर गरेका छन् । मोदीले खोप लिन योग्य सबैलाई यो कार्यक्रममा सहभागी बन्न र भारतलाईरु कोरोना मुक्त बनाउन सबै मिलेर लाग्न अपिलसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्