ह्वेलचियर दिवस : पीडितहरुको पहिचान खुल्ने गरी मन्त्रालयको नाम फेर्न माग



काठमाडौँ : १३औँ अन्तर्राष्ट्रि ह्वेलचियर दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । समाज कल्याण परिषद् राष्ट्रिय अपाङ्ग कोषको आयोजना तथा अन्य सरोकारवाला संघसंस्थाको सहयोगमा ‘ह्विलचियर मैत्री वातावरण सोँच मात्रै होइन, व्यवहारमा लागु गरौँ’ भन्ने मुल नाराका साथ सोमबार र मंगलबार दुई दिन यो दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा परिषद्ले दुई दिन विभन्न कार्यक्रम गर्दैछ । आज बिहान ७ बजेदेखि चरणवद्ध रुपमा सुरु भएको कार्यक्रम भोलि बेलुकी ५ बजे सकिने छ । बिहान काठमाडौँ भृकुटीमण्डपमा पहिलो चरणको कार्यक्रम सकिएको छ ।

कार्यक्रममा ह्विलचियर प्रयोगकर्ताहरुले आफूहरु भएकै ठाउँसम्म सरकारले ह्विलचियर पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । साथै आफूहरु अन्तर्गतको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको नाम पनि परिवर्तन गरेर अपाङ्ता भएका व्यक्तिहरुसमेत पहिचान समटेटिने गरी राख्न माग गरेका छन् ।

कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महत्वले नाममा नै नसमेटिए सरकार ह्विलचियर प्रयोगकर्ताहरुको समस्याप्रति सचेत रहेको बताइन् । सरकारले पीडितहरुलाई भत्ता र ह्विलचियर उपलब्ध गराएर मात्र नभइ उनीहरुकै लागि अपाङ्गता भएकोहरुले लाभ लिन सक्ने गरी पीडितहरुको विज्ञता र दक्षतालाई उपयोग गरिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्