राष्ट्रपतिद्वारा फागुन २३ गते संसदको अधिवेशन आह्वान



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार सोमबार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले सरकारको सिफारिशमा राष्ट्रपतिले फागुन २३ गते ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेको जानकारी दिए । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भए पनि ढिलागरी पत्र पठाइएको थियो ।

संसद अधिवेशन आह्वान भएसँगै प्रतिनिधिसभाबाट नयाँ सरकार गठनको पहल थालिने छ।
हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्