बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारी नियुक्त



काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमको राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेकी छन् । सरकारको सिफारिशमा सोमबार राष्ट्रपति भण्डारीले राजभण्डारीलाई बेल्जियमको राजदूतमा नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषदको सिफारिसमा संविधानको धारा २८२ उपधारा (१) बमोजिम राजभण्डारीलाई नेदरल्यान्ड्सका लागि राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्