ममाथि शारीरिक हमला हुनसक्छ, अन्यथा नलिनु होला : प्रधानमन्त्री ओली



पोखरा। प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई साँच्चै सार्वभौमसत्ता सम्पन्न बनाउन खोज्दा आफ्नो पार्टी र आफूहरुमाथि आक्रमण भइरहेको बताएका छन् ।
सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले नेपाललाई सर्वाभौमसत्ता सम्पन्न र मिानताको हैसियतमा विश्वसामू उभ्याउन खोज्दा आक्रमण भइरहेको बताए । ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला ।’ उनले आफू नरहे पनि पार्टी र नेतृत्व रहेका कारण पार्टीको भविष्य अन्धकारमा नजाने बताए ।
‘हामी र हाम्रो पार्टीविरुद्ध क्रियाशील छन्, हाम्रो पार्टीका विरुद्ध यस्तो षड्यन्त्र किन गर्नु प¥यो? हाम्रो विरुद्ध किन क्रियाशील हुनुप¥यो?’, प्रधानमन्त्री ओलीले भने, ‘किनभने हामी राष्ट्रलाई साँचैनै सार्वभौमसत्ता सम्पन्न राष्ट्रका रुपमा, समानतको हैसियतमा विश्वससामू उभ्याउन चाहन्छौँ ।’
ओलीले अहिले मुलुकमा प्रधानमन्त्रीको खोजी भइरहेको पनि बताए । प्रधानमन्त्री खोज्न दौडादौड चलिरहेको उनले भने, ‘दिए खान्थे मायाँको दाहिने हातैले भनेजस्तो अहिले प्रधानमन्त्री खोज्नमा भएको छ,।’
संसदीय अभ्यास र विधि, पद्दतीबाट प्रधानमन्त्री बन्न आउन उनले अनुरोध गरे । ‘विधि प्रक्रियाबाट आउनुस, मागेर केही हुँदैन,’ ओलीले भने, ‘डेढवर्ष प्रतिपक्षमा बसौंला, त्यसपछि दुईतिहाइको बहुमतमा आउँछौ । हामीलाई जालझेल गर्नुछैन ।’
आफूलाई अघिल्लो पटक पनि प्रधानमन्त्रीबाट हटाइएको उनले बताए । एकै पार्टीमा भएर पनि माधव नेपाल र झलनाथ खनालले आफूलाई हटाउन लागि परेको उनले बताए । नेपाल र खनालले पुष्पकमल दाहाललाई उकासेको पनि ओलीले बताए ।
‘पद्दती, प्रक्रियाबाट आउनुस, प्रधानमन्त्री हटाउने विधि थाहा भयो होला,’ उनले भने,’ ‘उनीहरुले यो कुरा थाहा पाए होलान ।’ अविश्वासको प्रस्ताव राखेर आफूलाई हटाउन उनले चुनौती दिए । ‘कुस्तीमा कसले हार्छ भन्ने थाहा हुनुपर्छ । नियम थाहा हुनुपर्छ । कुस्ती नै खेल्ने हो, बलियो छु भन्ने लाग्छ भने प्रतिस्पर्धा गरे हुन्छ,’ ओलीले भने
ओलीले विकासका कामहरू देखेर देशी विदेशी तत्त्वबाट प्रहार खेपिरहेको उल्लेख गरे । उनले भने, ‘विकासका काम गरिरहेको देखेर नै देशी–विदेशी तत्त्व सरकार असफल पार्न लागिरहेका छन् । विकास निर्माणको कामले गति लिइरहेको कारणले म माथि प्रहार भएको छ । सम्पूर्ण रूपमा म माथि अत्यन्तै तीव्र रुपमा प्रहार भएको छ ।’

प्रतिक्रिया दिनुहोस्