प्रधान सेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप



काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार थापाले सोमबार छाउनी स्थित वीरेन्द्र अस्पतालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो डोज लिएका हुन् ।
माघ दोस्रो सातादेखि नेपालमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाई कर्मचारी लगायत फ्रन्टलाइनरलाई खोप लगाइएको थियो ।
फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान सुरु हुने सरकारले घोषणा गरिसकेको छ । दोस्रो चरणमा ५५ वर्ष माथिकालाई खोप लगाइदैछ ।

प्रतिक्रिया दिनुहोस्