झाँक्रीको टारगेटमा प्रधानमन्त्री ओली, भनिन्- ‘नैतिकतामा च्युत शासक’



काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली प्रति लक्षित गर्दै नैतिकतामा च्युत भएको शासकबाट शासित नहुने बताएकी छन् ।

फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै सो समूह प्रधानमन्त्री ओलीको रानजीनामा माग गर्दै आएको छ । तर प्रधानमन्त्रीले भने तत्कालै राजीनामा नदिने बताइसकेका छन् ।

यस्तैमा झाँक्रीले कानून, विधि र विधान भन्दा राजनितीमा नैतिकता ठुलो हुने पनि बताएकी छन् ।

उनले भनेकी छन्– ‘कानून, विधि र विधान भन्दा राजनितीमा नैतिकता ठुलो हुन्छ। जब शासक नैतिक रूपमा पतन हुन्छ तब एक प्रकारको स्वेत फासिजम सुरू हुनसक्छ । नैतिकतामा च्युत भएको शासकबाट सचेत नागरीक शासित हुनुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्