सर्लाहीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, एककाे मृत्यु



सर्लाही : सर्लाहीको रामनगर गाउँपालिका ४ मा मंगलबार बिहान नेकपाका र कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जानको ज्यान गएको छ ।

 

बिहान ७ वजे नेकपाका कार्यकर्ताले चलाएको गोली लागेर स्थानीय ६५ वर्षीय विलास महतोको ज्यान गएको सर्लाही क्षेत्र नम्बर ४ प्रदेश क बाट निर्वाचित सांसद वीरेन्द्र सिंहले जानकारी दिएका छन् । गोली लागेर अन्य चार जना घाइते भएका छन् । 

 

घाइते लिन गएको एम्बुलेन्समासमेत उनीहरुले तोडफोड गरेकाले घाइतेलाई उपचारमा लैजान समस्या परेको उनले जानकारी दिए । सोमबार बिहान यही नगरपालिका वडा नम्बर ४ बाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोलाई नेकपाका कार्यकर्ताले कुटपिट गरेपछि झगडा सुरु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिए ।

 

नेकपाका कार्यकर्ताहरुले वडाध्यक्ष महतोको घरमासमेत तोडफोड गरेका छन् । त्यस स्थानमा केही बेरअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट थप प्रहरी पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्