उपचार पछि पूर्वप्रधानमन्त्री भट्टराई स्वदेश फिर्ता



काठमाडौं । स्वास्थ्य उपचारका लागि भारत गएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई स्वदेश फर्किएका छन । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष समेत रहेका भट्टराई स्वास्थ्यमा समस्या देखिएपछि भारत गएका भट्टराई परीक्षणपश्चात नेपाल वायु सेवा निगमको विमानमार्फत मंगलवार स्वदेश फर्किएका हुन् ।
न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर भएको आशङ्कामा भट्टराई यही फागुन ९ गते दिल्ली गएका थिए । परीक्षणपछि चिकित्सकहरुले क्यान्सर नभएको निष्कर्ष निकालेका थिए । उक्त ट्युमरलाई दुई–तीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । तर, तीन महिनाभित्र उक्त ट्युमरलाई शल्यक्रिया गरेर फाल्नुपर्ने चिकित्सकको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्