प्रचण्ड–माधव नेकपाको केन्द्रीय कमिटी बैठक आज बस्दै



काठमाडौँ : नेकपाको प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दै छ । बैठकमा प्रतिनिधि सभा पुनःस्थापनापछि विकसित राजनीतिक घटनाक्रम तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ ।

प्रतिनिधि सभा विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भन्दै बदर गरेपछि प्रचण्ड–माधव समूह नयाँ सरकार गठनका लागि अन्य दलसँग समीकरण निर्माणको कोसिसमा छ ।
बुधबारको बैठकमा केन्द्रीय सदस्यलाई नागरिकता र परिचयपत्रसहित सहभागी हुन निर्देशन दिइएको एक नेताले बताए ।

राजनीतिक रूपमा नेकपा विभाजित भए पनि निर्वाचन आयोगले निर्णय नगरेकाले कुन दल आधिकारिक भन्ने अन्योल कायम छ । आयोगमा आधिकारिकता पुष्टिका लागि आवश्यक परे कागजातसमेत पेस गर्नुपर्ने भएकाले आजको बैठकमा नागरिकतालगायत बोकेर आउन भनिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्