आज राजनीतिक दलहरुसँग छलफल गर्दै सभामुख सापकोटा



काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले आज (बाुधबार) देखि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग छलफल गर्दैछन् । आगामी आइतवार संसद बैठक डाकिएको अवस्थामा सभामुखले राजनीतिक दलहरुसँग बैठकको तयारीबारे परामर्श गर्न लागेका छन् ।

यसअघि मंगलबार संसद भवन नयाँ बानेश्वर पुगेर सभाहल र अन्य कक्षहरुको अवलोकन गरेका सापकोटाले आजदेखि दलहरुसँग परामर्श गर्ने भएका हुन् । सर्वोच्च अदालतको फैसलाले पुर्नस्थापित प्रतिनिधिसभा र जारी राजनीतिक अवस्थाकाबीच संसद बैठक व्यवस्थित ढंगले सञ्चालनमा चुनौती देखिन्छ ।

बैठक सञ्चालनको लागि संसद सचिवालयले आवश्यक सम्पूर्ण तयारी पुरा गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्