जीपको ठक्करबाट कलेज हिँडेकी छात्राको मृत्यु



काठमाण्डौँ : ललितपुरको नख्खुमा जीपको ठक्करबाट एक जना छात्राको ज्यान गएको छ । बिहानै स १ ज ५६७ नम्बरको जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भइ ललितपुरको बागडोल बस्ने १९ वर्षकी अञ्जु दाहालको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार बिहान साढे ५ बजेतिर सडक पार गर्दै गर्दा उनलाई जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी दाहालको ६ बजे पाटन अस्पतालमा ज्यान गएको हो । प्रहरीकाअनुसार दाहाल कोटेश्वर मल्टिपल क्याम्पसमा अध्ययनरत थिइन् ।

जीप चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्