घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाकाे मृत्यु



बझाङ : घाँस काट्ने क्रममा भीरबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।

 

खप्तड छान्ना गाउँपालिका वडा नम्बर १ गोठखोलाकी २२ वर्षीया पार्वती जोशीको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

 

घर नजिकै आफ्नै बारीमा घाँस काट्दा लडेर घाइते भएकी जोशीको उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्