१ लाख २६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं– अवैध रुपमा विदेश लैजान लागिएको १ लाख २६ हजार ४ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। 

 

राहदानी नम्बर ४८२९४७८ बाहक इर्सालाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

 

काठमाडौंबाट चीनको गोन्झाउ जान लागेका उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अवैध रुपमा लुकाइछिपाई लैजान लागेको डलरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्