विराटनगर र पोखराका विभिन्न ठाउँमा आज विद्युत आपूर्ति बन्द हुने



काठमाडौँ : आज प्रदेश १ को विराटनगर र गण्डकी प्रदेशको पोखराका विभिन्न ठाउँमा विद्युति आपूर्ति बन्द हुने भएको छ ।

प्रदेश १ को इनरुवा वितरण केन्द्र, इटहरी वितरण केन्द्र र गण्डकी प्रदेशको ग्रामीण उप वितरण केन्द्रअन्तर्गतका विभिन्न ठाउँमा मर्मतको काम गर्नुपर्ने भएकोले विद्युत् लाइन काट्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले इनरुवा वितरण केन्द्रमा पर्ने ११ केभी क्षमताको ग्रामीण फिडर, ११ केभी क्षमताकै झुम्का फिडर, ११ केभी क्षमताको लम्की फिडर र उद्योग लबिपुर फिडरको काम गर्न लागेको हो ।

इनरुवाका विभिन्न ठाउँमा बिहान ८ देखि १२ बजेसम्म बत्ती जानेछ भने उद्योग लिबपुर फिडर अन्तर्गत बिहान ९ देखि दिउँसो ५ बजेसम्म बत्ती जानेछ । यस्तै पोखराको ग्रामिण उप वितरण केन्द्रको लुम्ले फिडरअन्तर्गतका क्षेत्रमा बिहान १० देखि दिउँसो ५ बजेसम्म बत्ती जाने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्