शाही उपाधि त्यागेर प्रेम विवाह



एजेन्सी : जापानकी राजकुमारी आयाकोले शाही उपाधि त्याग्दै प्रेम राेजिन् । राजकुमारी आयाकोले गत सोमबार जापानकै एक सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा विवाह गरेकी छन् ।

 

जापानको शाही घरानामा शाही परिवारकी स्त्रीले सर्वसाधारणसँग विवाह गरे शाही उपाधि त्याग्नुपर्छ। २८ वर्षीया राजकुमारी जापानी सम्राट अकिहितोका भतिजीकी छोरी हुन् । उनका पति ३२ वर्षे केइ मोरिया शिपिङ फार्मका व्यापारी हुन्।

 

उनका शुभेच्छुकले टोकियोको मेइजी मन्दिरमा विवाह समारोह हेरेका थिए। शाही उपाधि त्यागेपछि जीवनयापनका लागि राजकुमारीलाई एकमुष्ठ झन्डै १० लाख डलर प्रदान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्