ओली बाहेकका शक्ति मिलेर चुनावी सरकार बनाउनुपर्नेमा नेता पौडेलको जोड



काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताएका छन् ।

बहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठिमा बोल्दै पौडेलले केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका हुन् ।

उनले भने – ‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यस निम्ति हिजो संसद पुर्नवहाली हुनुपर्छ भन्ने शक्तिहरु सबै मिलेर । त्यसपछि समस्याको समाधान निर्वाचन नै हो । अर्लि इलेक्शन गर्ने । एउटा चुनावी सरकार, केपी ओलीको कित्ता बाहेकको चुनावी सरकार । निर्वाचन गर्ने सहमतीमा अगाडी बढ्ने अबको विकल्प हो ।’

देशमा नैतिकता विहिन राजनीति रहेको भन्दै नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा नदिएर लोकतन्त्रको धज्जी उडाएको पनि बताए । ओलीले संसादमा अविश्वासको प्रस्ताव सामना गर्ने स्थिति भए लज्जाको विषय हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्