संसदीय दलको बैठकका लागि ओलीले प्रचण्ड–नेपाललाई ‘एसएमएस’ पठाएर डाके



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, माधवकुमार नेपाललागयत सबै सांसदहरूलाई ’एसएमएस’ पठाएको छ ।
प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदहरूलाई २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन एसएमएस पठाइएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड नेपाल पक्षमा लागेका देव गुरूङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाएका थिए ।
तर नेकपाको प्रचण्ड नेपाल पक्षले भने दलका नेता केपी शर्माा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई कारबाही गरेको जानकारी संसद सचिवालयमा दिएको छ ।
भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिए पनि सभामुख अग्नि सापकोटाले अहिलेसम्म भट्टराईलाई भेट्न समय दिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्