प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दै



काठमाडौँ : नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक शुक्रबार बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ । यही फागुन २३ गते बस्ने पुनःस्थापित संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् ।

नेकपा ओली समूहले पनि शनिबार संसदीय दलको बैठक बोलाएको छ । यसअघि प्रचण्ड–माधव समूहले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गर्दै प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

यद्यपि सो अविश्वासको प्रस्तावको सट्टा नयाँ अविश्वासको प्रस्ताव तयार पार्ने दलहरुको तयारी छ । शुक्रबारै नेपाली कांग्रेसले पनि संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्