निवर्तमान सेनापति राजेन्द्र क्षत्रीबारे छानबिन गर्न माग



काठमाडौं । संघीय संसदका सांसद हृदयेश त्रिपाठीले नेपाली सेनाका निवर्तमान प्रधान सेनापति राजेन्द्र क्षेत्रीको सम्पत्तिबारे प्रश्न उठेको भन्दै छानबिन गर्न सरकारसँग माग गरेका छन् । 

बिहिबार बसेको व्यवस्थापिका संसदको विशेष समयमा बोल्दै त्रिपाठीले उनको ‘कर्तुत’ हरु एकपछि अर्को गर्दै मिडियामा आइरहेको भन्दै गम्भीरताका साथ छानबिन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । 

उनले सेना व्यावसायमा लागेकोमा चर्को आलोचना  समेत गर्दै  त्यसले पेशागत मर्यादामा चाही आँच आउने दाबी गरे ।  

प्रतिक्रिया दिनुहोस्