एउटै मञ्चमा प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लव



काठमाडौं : सरकारसँगको वार्ता सफल भएपछि शान्तिपूर्ण राजनीतिमा आएका नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सरकारले गरेको सहमतिमा औपचारिक हस्ताक्षर कार्यक्रम हुँदैछ । राजधानीको राष्ट्रिय सभा गृहमा हस्ताक्षर समारोह शुरु भएको छ ।

समारोह दुवै तर्फबाट हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछ । एउटै मञ्चबाट प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने भएपछि सर्वत्र चासोको विषय बनेको छ । करिब दुई वर्षको भूमिगत जीवनपछि पुनःसार्वजनिक भएका विप्लवलाई हेर्न र सुन्न समारोहस्थल खचाखच भरिएको छ ।

सहमतिमा के के होला र विप्लवले किन र कसरी शान्तिपूर्ण बाटो अख्तियार गरे भन्ने विषयमा विप्लव स्वयंले जानकारी दिनेछन् । त्यसका लागि राष्ट्रिय सभा गृहमा तयारी गरिएको छ । बिहीबार सरकार र विप्लव समूहका वार्ता टोलीबीच तीनबुँदे सहमति भएपछि आज विप्लव नवलपरासी हुँदै काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस्