“सहमतिमा मुलुक सुन्दर, स्वाधीन र समृद्ध बनाउने सपना छ”



काठमाडौं : नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले यो सहमति केवल दुई पार्टी र दुई नेताबीचको नभइ नेपाललाई सुन्दर, स्वाधीन र समृद्ध बनाउने सपना लुकेको बताएका छन् ।

‘आजै एक शहीदकी आमाले मलाई टीका लगाइदिनुभयो र भन्नुभयो कि आजसम्म सबैको चाहना पूरा भयो तर शहीदको सपना पूरा भएको छैन, गरिखाने वर्गको चाहना पूरा भएको छैन’, त्यो सपना पूरा गर्नुपर्ने छ । शहीदपरिवारहरुलाई विश्वास दिलाउ कि मरेर जान्छौ तर शहीदहरुको सपना अधुरो राख्ने छैन भन्ने एउटा प्रतिवद्धता व्यक्त गर्नुपर्छ, म प्रतिवद्ध छु, उनले भने ।

प्रतिक्रिया दिनुहोस्