सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमतिमा हस्ताक्षर



काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । राष्ट्रियसभागृहमा शुक्रबार आयोजित कार्यक्रममा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव नेकपाका वार्ता टोली सदस्य तथा नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी ओली र विप्लव नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव सहभागी छन् ।

यस्ता छन् सहमतिका तीन बुँदा
– दुवै पक्ष देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ ।
– नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा गर्न सहमत भएको छ ।
– नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लागेको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता–कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।

प्रतिक्रिया दिनुहोस्