ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजाने प्रचण्डको चेतावनी



काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन सुझाव दिदै प्रधानमन्त्रीले राजीनामा नदिने हो भने विकल्पमा अविश्वासको प्रस्ताव दर्ता गरिने बताए ।
शुक्रबार आफू पक्षीय सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन भएपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया प्रचण्डले ेआफूलाई बहुमत सांसदहरुले पार्टीको संसदीय दलको नेता चयन गरेको दाबी गरे । ‘अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ,’ उनले भने । आफूहरु नै आधिकारिक पार्टी भएको दाबी गर्दै प्रचण्डले प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेका सांसद तथा नेता–कार्यकर्ताहरु आफ्नो पक्षमा आउन आह्वान गरे ।
सिंहदरबारमा जेष्ठ सदस्यको हैसियतले झलनाथ खनालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई संसदीय दलको नेता पनि चयन गरेको हो बैठकले विधिवत रुपमा संसदीय दलको नेता परिर्वतन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्